चुनावी तालमेल गर्ने/नगर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले लिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

चुनाव नजिकिएसँगै चुनावी तालमेलबारे प्रत्येक पार्टीभित्र आन्तरिक छलफल तिव्र बनिरहेको छ ।

विशेषगरि सत्तारुढ पार्टीभित्रै चुनावमा गठबन्धन बनाएर अघि बढ्ने कि नबढ्ने भन्नेबारे अझै अन्योलता रहेको छ ।नेपाली काँग्रेसका नेताहरुले चुनावमा एक्लै लड्नुपर्ने बताउँदै आएका छन् ।

यसैबीच सत्ता गठबन्धनमा सम्बद्ध दलहरूसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय लिने भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

बैठकले चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा निर्क्योल गर्ने प्रवक्ता प्रकाशशरण महतले बताए । प्रवक्ता महतले बैठकले गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे सैद्धान्तिक निर्णय गर्ने बताएका छन् ।

‘सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने भन्ने हुन्छ । जे गर्दा बढी सिट जितिन्छ, त्यसै अनुसार निर्णय गर्ने हो,’ उनले भने, ‘एक्लै लड्दा बढी जितिने देखियो भने त्यही गरौँ । सहकार्य गर्दा बढी जितिने भयो भने त्यही अनुसार कसरी को–को गठबन्धन गर्ने हो, त्यो गर्नुपर्छ ।’

  • ६ चैत्र २०७८, आईतवार १५:१६ प्रकाशित