झलनाथको निर्वाचन क्षेत्रमा एमालेको जनसभा, ओलीले सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेबाट अलग्गिएका नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा आज एमालेले जनसभा गर्दैछ ।

खनाल विजयी भएको इलामको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले जनसभा गर्ने भएको हो ।खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो ।

जनसभालाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सम्बोधन गर्ने भएका छन् ।ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् ।

खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमालेको दाबी छ । पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।

जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।

  • ६ चैत्र २०७८, आईतवार ०९:२० प्रकाशित