बाइडेन र सीबीच १ घण्टा ५२ मिनेट कुराकानी, युक्रेन र रूसको विषयमा के कुरा भयो ?

केन्द्रभाग मिडिया

पोखरा ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार १ घण्टा ५२ मिनेट लामो कुराकानी भएको छ । ग्लोबल टाइम्सका अनुसार बाइडेन र सीबीच भिडिओ कुराकानी भएको हो ।

उनीहरूको कुराकानी रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यससँग सम्बन्धित विषयमा केन्द्रीत थियो। कुराकानीका क्रममा सीले युक्रेनमा अहिले देखिएको संकट आफूहरूले हेर्न चाहेको विषय नभएको उल्लेख गरेको सिन्ह्वाले जनाएको छ ।

अमेरिका र चीनले दुई देशको सम्बन्धलाई सही मार्गमा हिँडाउन त्र होइन विश्व शान्तिका लागि आफ्नो जिम्मेवारी पूरा गर्न पनि काँधमा काँध मिलाउनु पर्ने सीको भनाइ थियो । चीनले भने युक्रेन र रूसको इतिहास निकै जेलिएको भन्दै यसबारेमा प्रतिक्रिया दिएको छैन ।

राष्ट्रसंघमा भएका केही मतदानमा ऊ रूस र युक्रेनको पक्षमा नलागी तटस्थ बसेको छ। पछिल्लो समय चीनले रूसलाई सैनिकलगायत अरू सहयोग गर्न लागेको चर्चा छ।

अमेरिकी अधिकारीहरूले युक्रेन आक्रमणमा चीनले रूसलाई त्यस्तो सहयोग गरे त्यसको डरलाग्दो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

 

  • ५ चैत्र २०७८, शनिबार ०८:०१ प्रकाशित