पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि तेस्रो पटक म्याद थप भएको छ ।

नाबालिग गायिकामाथि बलात्कारको अभियोग लागेका अभिनेता शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप गरिएको म्याद आज सकिएको छ।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो । तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन ।

जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

  • ४ चैत्र २०७८, शुक्रबार १६:१८ प्रकाशित