पोखरामा ‘होली माहोल’ नेपाली र विदेशी पर्यटक यसरी रमाइरहेका छन् (फोटोफिचर)

केन्द्रभाग मिडिया

पोखरा ।

पर्यटकीय नगरी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङहरुको पर्व ‘होली’ मनाएका छन् । पोखराको लेकसाइडमा आपसमा रङ दलेर शुभकामना साटासाट गर्दै पर्यटकहरुले होली मनाएका हुन् ।

कतिपय पश्चिमाञ्चल होटल संघले आयोजना गरेको ‘होली’ कार्यक्रममा सहभागि भए भने कतिपयले आफ्नै तरिकाले होली मनाए । होटल संघको कार्यक्रममा होटल व्यवसायीहरुसँगै मिलेर होली खेल्नेहरुको पनि उल्लेख्य सहभागिता थियो । त्यस्तै, नेपालीहरुको समूहमा मिसिएर तथा पर्यटकहरु आफै पनि आपसमा रंझ दलेर होली खेल्नेहरु लेकसाइडमा प्रशस्त भेटिए । कोरोना कहरले गर्दा अघिल्लो वर्ष खुलेर होली खेल्न नपाएका बालबालिका र युवा पुस्ता यस वर्ष खुबै रमाएको देखियो ।

होलीमा रमाएका युवाहरु र विदेशीहरु अविर लगाइदिँदै ‘हेप्पी होली’ भन्थे । विदेशी पर्यटकले नेपाली र नेपालीले लगाइदिएको अविर विदेशीले सहर्ष स्विकार्दै शुभकामना साटिरहेका देखियो ।

लेकसाइडमा सडकमै होली कार्यक्रम भएकाले त्यहाँको सडक जाम भएको छ । सांगीतिक कार्यक्रम सहित होली खेल्ने कार्यक्रम भएकाले सडक जाम हुँदा ट्राफिक प्रहरीलाई हैरानी छ । सेन्टर पोइन्टबाट वैकल्पिक बाटोको प्रयोग गरिए पनि जामले पर्यटकसहित स्थानीयलाई समेत आवत÷जावतमा समस्या भएको छ ।

 

  • ३ चैत्र २०७८, बिहीबार १६:४१ प्रकाशित