बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ पाँच लाख धरौटीमा छुटे

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार दिएको आदेशअनुसार प्रतिनिधिसभाका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा रिहा भएका हुन ।

बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय वाँकेमा जाहेरी दिएकी थिइन् । उनले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर सांसद बानियाँले बलात्कार गरेको जाहेरीमा उल्लेख थियो ।

धरौटीमा रिहा भएका बानियाँले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

  • ३ चैत्र २०७८, बिहीबार ०९:५९ प्रकाशित