फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रभाग मिडिया

 

पोखरा ।
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँका दरले बढेको छ । बढेको मूल्य गए राति १२ बजेबाट लागू भएको निगमले जनाएको छ ।

बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ तिर्नुपर्छ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ तिर्नुपर्छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ । वाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ सय अमेरिकी डलर बढाएर १४९५ कायम गरिएको छ ।

  • ३ चैत्र २०७८, बिहीबार ०७:२५ प्रकाशित