सुर्खेत पुगेर प्रचण्डले भने,‘देश माओवादीकै एजेण्डा र इसारामा चलिरहेको छ’

केन्द्रभाग मिडिया

File photo

सुर्खेत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश अहिले पनि माओवादीकै एजेण्डा र इसारामा चलिरहेको दावी गरेका छन् ।

पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत गएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णयक भूमिकामा आफू नै नरहेको बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावपछिसम्म कायमै राख्ने प्रयास आफूले गरिरहेको भन्दै कम्तिमा स्थानीय चुनावमा गठबन्धन भएरै चुनाव लड्ने सुनिश्चितता रहेको समेत दावी गरे ।

  • २७ फाल्गुन २०७८, शुक्रबार १२:५५ प्रकाशित