आज सुर्खेत जाँदै प्रचण्ड

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सुर्खेत जाने भएका छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड सुर्खेत जान लागेका हुन् । प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित प्रदेश इन्चार्ज शक्ति बस्नेत पनि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

वीरेन्द्रनगरको सिटीहलमा हुने कार्यक्रममा कर्णालीका ७९ वटै पालिका, जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु प्रशिक्षणमा सहभागी हुनेछन्।

प्रशिक्षणमा प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने बताइएको छ । प्रचण्ड शुक्रबार नै प्रशिक्षण सकेर प्रचण्ड काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

  • २७ फाल्गुन २०७८, शुक्रबार १०:२६ प्रकाशित