नायक पल शाखविरुद्ध प्रहरीमा उजुरी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नायक पल शाहविरूद्ध नाबालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा जाहेरी दर्ता भएको छ ।

गायिका समीक्षा अधिकारीले आमा बुबासहितको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध आज जाहेरी दर्ता गरेकी स्रोतले बताएको छ । यद्यपि प्रहरीले यस विषयमा केही कुरा खोल्न मानेको छैन ।

पछिल्लो समय उनी गायिका समीक्षा अधिकारीसँगको सम्बन्धका कारण विवादमा तानिएका छन् । सम्बन्धका विषयलाई लिएर बेलाबेलामा बोली फेर्दै आए पनि पल र समीक्षाका बारेमा भएका विभिन्न कुराकानी अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएर पोखिएका छन् ।

  • ११ फाल्गुन २०७८, बुधबार १७:४२ प्रकाशित