नवलपरासी पूर्वमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
कावासोती नगरपालिका १५ सेरगञ्ज बस्ने ६५ वर्षीय रेशमलाल महतोको गैंडाको आक्रमणबाट ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाकारी दिएको छ ।
आज दिउँसो २ बजेको समयमा आफ्नै घर नजिकैको चौरमा बसीरहेको अवस्थामा उनलाई गैंडाले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गएको हो ।