काठमाडौं ।
३३ किलो सुन काण्डमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
झापा साविक शिवगंज गाविस–१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
३३ किलो सुन काण्डमा गोरे भनिने चुडामणि उप्रेती समेत रहेको आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको तस्करी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा उनको संलग्नता देखिएको भन्दै प्रहरीले उनीविरूद्ध रेड नोटिस जारी गरेको थियो।
उनी दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा इन्टरपोल शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनीविरूद्ध जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएको छ।