आक्रोसित भीम रावल भन्छन् ‘कांग्रेससंग मिलेर पद लिन खोज्नेले हामीलाई दक्षिणपन्थी भन्ने ?’

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो पार्टीका पूर्व वरिष्ट नेता माधव नेपाललाई कांग्रेससंग मिलेर पद लिन खोजेको आरोप लगाएका छन् ।

नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आरोप लगाएका हुन् ।

विहीबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूहरूको साथ छोड्नेलाई लक्षित गर्दै मध्यपन्थी अबसरवादी भनेका थिए ।

उनले केपी ओलीले एमालेलाई दक्षिण पन्थी भासमा लगेको भन्दै टिप्पणी गरेका थिए । यसैको जवाफ दिँदै बिहीबार साँझ नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिले ‘एमाले काम नलाग्ने’ पार्टी भन्नु आश्चर्य भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेसँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा एमालेलाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो । अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो,’

 

  • ११ भाद्र २०७८, शुक्रबार ११:१० प्रकाशित