विभाजन पछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको हो । पार्टी विभाजन भए पछिको यो पहिलो बैठक हो बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गरीरहेका छन् ।

एमाले उपाध्यक्ष बामदेव गौतम भने उपस्थित छैनन्। नेता नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन् ।
आजको बैठकले १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्नेब छ । त्यस्तै पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे बैठकको दोस्रो एजेण्डा छ ।

बैठकको तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेको छ । बुधबार मात्रै एमालेबाट छुट्टिएर नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका थिए ।

  • १० भाद्र २०७८, बिहीबार १३:०० प्रकाशित