काठमाडौं ।
राष्ट्रिय जनगणना– २०७८ भोलीदेखि सुरु हुदैँछ ।
यसपाली जनगणनामा कालापानी लिपुलेक क्षेत्रका जनसंख्या पनि समेटिने भएको छ । तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने बताएको हो । विभागले अनुमानसहितको नतिजा प्रकाशित गर्ने पनि जनाएको छ ।
कालापानी क्षेत्र समेटेर नेपाल सरकारले नयाँ नक्सा बनाए पनि उक्त क्षेत्रमा नेपालको उपस्थिति छैन । नेपालले भारतसंग वार्ताको प्रस्ताव गरे पनि भारत त्यसका लागि तयार भएको छैन ।