रुपमा विद्यालय प्रअसंग अन्तरक्रीया: कोभिड–१९ को जोखिम र विद्यालय संचालनको अवस्था वारे छलफल

केन्द्रभाग मिडिया

पोखरा ।
रुपा गाउँपालिकामा सामुदायीक विद्यालयका प्रधानाध्यापकसंगको (प्रअ) अन्तरक्रीया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कोभिड–१९ को महामारिमा विद्यालय संचालनको अनुभव, हाल विद्यालय संचालनको अवस्था र आगमाी दिनको शैक्षिक गतिबिधि वारे कार्यक्रममा छलफल भएको थियो ।

१० वटा माध्यामिक विद्यालय सहित ३० वटा सामुदायीक विद्यालयका प्रअको सहभागीता रहेको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको प्रमुख आतिथ्याता रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले कोभिड–१९ केही कम देखिए पछि यसको जोखिम अझै नहटेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय संचालन गर्नुपर्ने बताए ।

सबै भन्दा ठुला मान्छेनै शिक्षक भएकाले समाजनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको आचार्यले बताए । स्रोतको अधिकतम सदुपयोग गदै शैक्षिक कृयाकलापलाई अगाडी बढाउनु पर्ने आचार्यको भनाई थियो । उनले जोखिमलाई कम गर्न विद्यार्थी विद्यालय प्रवेश गर्ने समय, बाहिरीने समय र अन्य खेलकुदमा सहभागी हुने समयलाई पनि विभाजन गर्न सके कोभिड न्यूनिकरणमा सहज हुने बताए ।

जिल्ला शिक्षा समन्वय इकाइ, कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले शिक्षक दर्बन्दी मिलानमा अझै केही समस्या रहेको बताए । विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने सरकारको नीति रहेको उनले बताए । एक देखी पाँच कक्षा सम्म ३ जना शिक्षक रहने पनि उनले बताए । सुवेदीले कोभिड महामारिले विद्यालयमा प्रविधिलाई पनि जोड गर्नुपर्ने बाध्यता सृजना गरेको बताए ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले विद्यालयको विकासका लागि पालिकाले प्रायप्त ध्यान दिएको बताए । विद्यालयको भौतिक संरचना निर्माण, शैक्षिक जनसंक्तीको विकास र निजी विद्यालयसंग प्रतिष्प्रर्धा गर्ने पाठ्यक्रम लागू गरिएको उनले जानकारी दिए । शिक्षालाई प्रविधि मैत्री बनाउन इन्टरनेटको व्यवस्था साथै एक शिक्षक एक ल्याप्टपको नीति लिइएको ओझाले बताए ।

गाउँपालिकामा निर्वाचित भए पछि उनले ८५ किलोमिटर सडक पिछ, ९६ प्रतिशत घरधुरीमा एक घर एक घारा, गाउँपालिकाको आफ्नै अस्पताल बनाउन सफल भएको उनले बताए । कार्यक्रममा प्रअहरुले कोभिडको समयमा विद्यालय संचालनमा भोगेका अप्ठ्यारा, पालिकाले गरेका सहयोग र हाल विद्यालय संचालनको अवस्था वारे जानकारी गराएका थिए ।

  • १६ कार्तिक २०७८, मंगलवार १८:२७ प्रकाशित