पोखरा ।
विश्वमै सर्वाधिक प्रयोग हुने एप सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ ।फेसबुकका प्रमुख मार्क जुकरवर्गले कम्पनीको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका छन् ।
हिजो वार्षिक कनेक्ट कन्फ्रेन्समा उनले कम्पनीको नयाँ नाम सार्वजनिक गरेका हुन् । कम्पनीको नाम परिवर्तन भएपनि यसअघिका कुनै संरचनामा भने परिवर्तन नहुने मार्कले बताएका छन् । यसअघि सञ्चालनमा रहेका फेसबुक, म्यासेन्जर, ह्वाट्सएपमा परिवर्तन नहुने उनले बताएका हुन् ।
फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका अन्य क्षेत्रमा पनि काम गर्ने भएकोले नयाँ नाम राखिएको बताइएको छ ।