राष्ट्रपति भण्डारी र माधव नेपाल वीच वार्ता

केन्द्रभाग मिडिया

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच शीतल निवासमा दुई घण्टा लामो वार्ता भएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयासस्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर वार्ता गरेकी हुन्।

दुईजनाबीच मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म वार्ता भएको हो।
स्रोतका अनुसार नेता नेपालसँग राष्ट्रपतिले नेकपा एमाले विभाजन रोक्ने प्रयासका लागि संवाद गरेकी हुन्। दुईजना बीचको संवादको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

 

  • ७ भाद्र २०७८, सोमबार १५:०७ प्रकाशित