देशभर वर्षा : गण्डकी, प्रदेश १ र लुम्बिनीमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

  • ७ भाद्र २०७८, सोमबार ०९:३५ प्रकाशित