नुवाकोट ।
नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मनकामनामा आज भएको बस दुर्घटनामा भएका घाईते मध्ये १ जनाको मृत्यु भएको छ ।
काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ–१ का रमेस तामाङको निधन भएको बताइएको छ । बसमा सवार झन्डै ५० यात्रु मध्ये दुर्घटनामा घाइते नौ जनाको काठमाडौं र २८ जनाको त्रिुशली अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
सोमबार बिहान किस्पाङ १ भाल्चे हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटनामा परेको हो ।छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको अनुमान प्रहरीको छ ।