अछाम।
अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।
गएराती भएको उक्त दुर्घटनामा १४ जना घाईते भएका छन् । जिल्लाको पंचदेवल बिनायक नगरपालिका १ कुईकामा दुर्घटनामा भएको हो । से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।
मृत्यु हुनेमा पंचदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
यस्तै वडा नम्बर ३ कै हिमाल नेपालीको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।