पोखरा ।
देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यतया सफा देखि आंशिक बदली रहेको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भईरहेको छ। आज देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।