ज्वरो आएकी बालिकाको सुई लगाउने बित्तिकै मृत्यु, आफन्तले गरे अस्पताल तोडफोड

केन्द्रभाग मिडिया

पाँचथर ।

जिल्ला अस्पताल पाँचथरमा ज्वरो आएकी बालिकाको सुई लगाउने बित्तिकै ज्यान गएको छ । बालिकाको मृत्युको विषयलाई लिएर आफन्तले अस्पतालमा प्रर्दशनका साथै अस्पताल तोडफोड गरेका छन् ।

ज्वरो आएपछि अस्ति अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका ८ घर भई अहिले फिदिम २ मा बसोबास गर्दै आएकी साढे तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको सुई लगाउने बित्तिक्कै ज्यान गएको जनाइएको छ। हिजो बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन गरेका आफन्तले बेलुका ८ बजेपछि अस्पताल तोडफोड गरेका हुन् । त्यसपछि रातभरि नै अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।

बालिकाको शवसमेत आफन्तले जिम्मा लिएका छैनन् । अस्पताल परिसरमा रहेका सुरक्षाकर्मीलाई मृतक बालिकाको परिवार र आफन्तले ढुङ्गामुढा हानेपछि सुरक्षाकर्मीले पनि स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको थियो । हिजो दिनभर अस्पताल र मृतक बालिकाको परिवार बीच वार्ता भए पनि केही समाधान ननिस्किएको स्थानीयले बताएका छन् ।

  • २१ आश्विन २०७८, बिहीबार ०९:४५ प्रकाशित