गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिदै, कुन जिल्लामा साक्षर दर कति ?

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ । प्रदेश अन्तर्गतका ११ वटै जिल्ला साक्षर जिल्ल घोषणा भइसकेकाले गण्डकी प्रदेश सरकारले २४ असोजमा पोखरामा विशेष समारोह आयोजना गर्दै साक्षर प्रदेश घोषणा गर्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा साक्षर प्रदेश घोषणा गर्ने तयारी भइरहेको छ ।

यसका लागि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री निवास बालुवाटारमै भेटेर निमन्त्रणा पत्र दिएका छन् । मुख्यमन्त्री पोखरेलले अर्थमन्त्री जनार्दन शर्मालाई पनि कार्यक्रमका लागि निमन्त्रणा गरेका छन् ।

३० भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकोले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए घोषणा गर्न मिल्छ ।

  • कुन जिल्लामा कति छ साक्षर दर ?

प्राप्त तथ्यांक अनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्यांक छ ।

मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वत ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जिल्लागत रुपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो ।  ३१असार  २०७१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत  १८माघ  २०७४ मा घोषणा भएको थियो ।

  • २० आश्विन २०७८, बुधबार ०८:३० प्रकाशित