२४ घण्टामा १,११४ जना सन्चो भए, ९३८ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय १४ जना सन्चो भएका छन् । भने थप नौ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको कोरोना परीक्षण  गर्दा ९ सय ६८ जना संक्रमित थपिएका हुन्।

११ हजार पाँच सय ८२ जनाको पिसिआर परीक्षण र ४ हजार ४ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल १६ हजार २४८ जना सक्रिय संक्रमित छन्।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ।

नेपालमा कोरोनाबाट निको हुनेको दर ९६.६ प्रतिशत छ।

  • १९ आश्विन २०७८, मंगलवार १७:११ प्रकाशित