राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणिकरण

केन्द्रभाग मिडिया

काठमाडौंँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् ।

दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको थियो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश राष्ट्रिपति समक्ष सिफारीस गरेको थियो । राष्ट्रपतिले तत्कालै अध्यादेश प्रमाणिकरण गर्ने अनुमान गरिए पनि चौतर्फी विरोध भए पछि राष्ट्रपतिले आन्तरिक छलफ पछि मात्रै अध्यादेश प्रमाणिकरण गरेकी हुन् ।

सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ।

  • २ भाद्र २०७८, बुधबार १३:३० प्रकाशित