माधव नेपालले खोल्ने पार्टीको नाम डुंगो लगाइँदै, चुनाव चिह्न कलम !

केन्द्रभाग मिडिया

पोखरा ।
नयाँ पार्टी दताको तयारीमा रहेको एमालेको माधव नेपाल समुहले पार्टी नामको टुंगो लगाउँदैछ । श्रोतका अनुसार नेकपा एमाले जोडेर नयाँ दल दर्ता गर्ने विकल्प सहित अन्य नाममामा समेत छलफल भइरहेको जनाइएको छ ।

पार्टीको विधान निर्माणमा संलग्न एक नेताका अनुसार अहिलेसम्म नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्पमा छलफल चलिरहेको छ । त्यस्तै, पार्टीको चुनाव चिह्न कलम राखेर जाने विषयमा पनि छलफल जारी छ । नवौँ महाधिवेशनबाट पारित विधानमा थोरै परिमार्जन गरेर अध्यक्ष, अन्य पदाधिकारी र केन्द्रीय कमिटी रहेको संरचना नै प्रस्ताव गरिने एक नेताले जानकारी दिए ।

नेताहरुका अनुसार राष्ट्रपति विद्या भण्डारीबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी भएको एक–दुई दिनभित्रै दल दर्ता गर्ने वरिष्ठ नेता नेपालको तयारी छ । नयाँ पार्टी गठनका लागि नेपालले बेदुराम भुसाल, डा. विजय पौडेल तथा अधिवक्ता गोविन्द बन्दीको सहयोगमा विधान र सांगठनिक संरचनालाई अन्तिम रूप दिएर आयोगमा जाने तयारी गरेका छन् ।

केन्द्रीय सदस्य चुडामणी जंगलीले ओलीमा आजको दिनसम्म सुधार आउने कुनै संकेत नदेखिएकाले अब नयाँ दल दर्ताका लागि तयारी अवस्थामा पुगिएको जानकारी दिए ।  आमनेता– कार्यकर्तालाई बेवारिसे राख्न नसकिने निस्कर्ष निकाल्दै अध्यादेश जारी भइसकेपछि नयाँ दल दर्ता तयारीमा आफूहरु रहेको उनको दाबी छ ।

  • २ भाद्र २०७८, बुधबार १०:५५ प्रकाशित