कञ्चनपुर।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकामा हात्ती धपाउन वडाध्यक्ष सहित स्थानीय बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् ।
जङ्गली हात्तीको बथाननै वस्ती पसेर अन्नबालीमा क्षती पुर्याउन थालेपछि हात्ती भगाउनका लागि त्यहाँ वडाध्यक्ष बहादुसिंह महरासँगै स्थानीय जाग्राम जाग्राम बस्ने गरेका हुन् । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पुर्याउन थालेको स्थानीयको गुनासो छ ।
नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पुर्याउन थालेको छ । ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, उज्यालो गरेर र होहल्ला गरेर हात्तीको बथान भगाउँदै आएको नगरपालिकाको वडा नं ८ का अध्यक्ष बहादुरसिंह महरा बताउँछन् ।
स्थानीयवासी हात्ती धपाउन रातमा पालैपालो बस्ने गरेको जनाइएको छ ।