दुई वटा प्रदेशमा भारी वर्षाको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।

अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि संभावना छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

साथै प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि संभावना छ ।

 

  • १७ आश्विन २०७८, आईतवार ०६:५० प्रकाशित