कास्कीमा सिडियो फेरीए, नयाँ सिडियोमा जयनारायण आउने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।   कास्कीमा सह–सचिव जयनारायण आचार्यलाई पठाइएको छ ।

रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, शंकर बहादुर विष्ट डोटी, रविन्द्र आचार्य मनाङ, मोहनराज जोशी डडेल्धुरा, चिरञ्जिवी राना म्याग्दी, अनुज घिमिरे तेरथुम जिल्लाको प्रजिअमा पठाएको छ ।

केही दिन अघि मात्रै गृहले नै माग गरेर पठाएको सूची अनुशारका दर्जनौँ उपसचिवहरुको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो । शुक्रवार साँझ अबेर गरी गरेको सरुवा सूची भने अझै गोप्य राखिएको छ ।

  • १६ आश्विन २०७८, शनिबार १५:५३ प्रकाशित