आजको मौसम पूर्वानुमान, मेघ गर्जनसहित वर्षा

केन्द्रभाग मिडिया

पोखरा ।
भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ ।

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ । प्रदेश गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीस् देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • १५ आश्विन २०७८, शुक्रबार ०६:४७ प्रकाशित