म आत्महत्या गर्न सक्दिनँ, बरु लडेर मर्छु : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू लड्ने कि मर्ने ठाउँमा पुगेको बताएका छन् । उनले आफू आत्महत्या गर्ने अवस्थासम्म पुगेको सुनाए ।
‘लड्ने कि मर्ने ठाउँमा पुगेको छु,’ प्रचण्डले राजधानीमा आयोजित अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘म आत्महत्या गर्न सक्दिनँ, बरु लडेर मर्छु ।’

सबै आत्महत्या गलत नहुने उल्लेख गर्दै पार्टीभित्र र बाहिर समेत लड्ने या मर्ने अवस्थामा पुगेको सुनाउ । आफू जोखिम उठाउन सधै तयार हुनेगरेको भन्दै जेल जान पनि तयार भएको बताए । उनले भने,‘जेल जानुपर्छ जाने, मारिनुपर्छ भने तयार हुने तर प्रतिक्रान्ति सामु नझुक्ने अठोट गरियो ।’

आफू दुईपटक प्रधानमन्त्री भइसकेकोले फेरि पदका लागि सम्झौता नगर्ने बताए । उनले क्रान्तिको बाटोमा निरन्तर बढ्ने समेत स्पष्ट पारे ।

देशमा ठूलो छलाङ हान्नुपर्ने भन्दै आफू जोखिम मोलेर हाम फालेको बताए । पद र प्रतिष्ठाको लागि मरिहत्ते गर्ने प्रवृत्तिविरुद्ध विचार र संघर्षलाई प्रोत्साहन गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरे ।

  • १४ आश्विन २०७८, बिहीबार १८:०५ प्रकाशित