गठबन्धन बागमतीमा नयाँ सरकार निर्माणमा जुट्यो, अल्पमतमा परिन् शाक्य

केन्द्रभाग मिडिया

बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २७ भदौबाट अल्पमतमा छिन् । एकल बहुमत रहेको एमाले विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी)मा प्रदेशसभाका १३ सांसदले सनाखत गरेपछि शाक्यले अल्पमतको सरकार चलाइरहेकी हुन् ।

अब शाक्यले सरकार टिकाउन प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । सरकार सञ्चालनका लागि विभाजन भएको ९एकीकृत समाजवादी० तथा संसदका अन्य साना दलसँग गठबन्धनको प्रयास गरेपनि शाक्य असफल बनेकी छिन् ।

अन्तिम समयमा प्रतिगमनलाई साथ दिएको भन्दै एकीकृत समाजवादीले उनलाई साथ नदिने बताएको छ भने अन्य साना दल मात्रैको मतले शाक्यलाई बहुमत पुग्दैन ।

उनी २ भदौमा मुख्यमन्त्री बनेकी थिइन् । तर, शाक्यलाई समर्थन नरहेको निर्णय एकीकृत समाजवादीले गरेसँगै मुख्यमन्त्रीको कुर्सी हल्लिएको हो । शाक्य सरकार टिकाउन प्रयासमा रहे पनि सम्भव हुन सकेको छैन ।मुख्यमन्त्री शाक्यले अब प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेकी छन् ।

यसरी अल्पमतमा परिन् शाक्य

पार्टी विभाजन अघिसम्म बागमती प्रदेशसभामा १०९ सांसदमध्ये एमालेको एकल बहुमत अर्थात ५६ सिट थियो । तर २७ भदौमा प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदको नामावली सहितको निर्वाचन आयोगको पत्र दर्ता भएसँगै शाक्य अल्पमतमा परेकी हुन् ।

बहुमत सांसदको दलको हैसियतमा सरकारको नेतृत्व गर्न पुगेकी शाक्यसँग अहिले ४३ जना सांसदको मात्र साथ छ । उनले सरकार जोगाउन ५५ जना सांसद्को विश्वासको मत प्राप्त गर्नुपर्छ । आफू अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था पालना गराउनुपर्ने दायित्व मुख्यमन्त्री शाक्यमाथि यति बेला आइलागेको छ ।

अब शाक्यले २५ असोजभित्र संसदमा विश्वासको मत लिइसक्नु पर्छ । अब प्रदेश प्रमुखमार्फत विशेष अधिवेशन आह्वान गरिने र विश्वासको मत लिने तयारीमा रहेको प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडलले बताए । मुख्यमन्त्री शाक्यले विश्वासको प्राप्त गर्ने पौडेलको दाबी छ ।

  • १३ आश्विन २०७८, बुधबार ११:५९ प्रकाशित