तारा र यतीले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

धार्मिक तीर्थस्थल मुक्निाथ मन्दिर खुलेसँगै पोखरा–जोमसोम नियमित उडान हुने भएको छ ।

असोजको २३ गतेदेखि पोखरा–जोमसोम उडान नियमित सुरु हुने भएको हो ।तारा एअर र यतीले आफ्नो उडानलाई नियमित सुरु गर्न लागेको हो ।

यती एअरलाइन्सकाअनुसार नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागेको हो ।

कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटासम्म उडान भर्दै आएको थियो ।

जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायु सेवाहरूले बिहान १२ बजेभित्र नै उडान भर्नुपर्ने हुन्छ ।

  • १२ आश्विन २०७८, मंगलवार १६:४१ प्रकाशित