७ संक्रमितको मृत्यु, २४ घण्टामा १,२८२ जनामा संक्रमण, १,२६२ संक्रमणमुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो अपडेटअनुसार देशभर ७ संक्रमितले कोरोनासँग लड्दालड्दै ज्यान गुमाएका छन् । पछिल्लो समय मृत्यु भएकासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २६२ जना निको भएका छन् ।हालसम्म नेपालमा ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ । जसमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३८५ जना आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २५६ जना क्वारेन्टिनमा रहेका छन् ।

  • ११ आश्विन २०७८, सोमबार १६:५८ प्रकाशित