केही स्थानमा मध्यम वर्षाको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  छ ।

 

  • ११ आश्विन २०७८, सोमबार ०६:४८ प्रकाशित