कांँग्रेसद्धारा थप ५ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ ।

सभापति शेरबहादुर देउवाले नाम दिएसँगै केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा सूची सार्वजनिक गर्दै थप ५ जिल्लाको नामावली प्रकाशित गरेको हो।

सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ।कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन। प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन।

सम्भवत आज बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

  • १० आश्विन २०७८, आईतवार ०८:४७ प्रकाशित