टिकटकमा ‘युथ मोड’:चिनियाँ बालबालिकाले दिनमा ४० मिनेट मात्र टिकटक चलाउन पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

चिनियाँ टिकटकमा ‘युथ मोड’ सुरु गरिएको छ । यो मोड सुरु भएसँगै चीनमा १४ वर्षमुनिका बालबालिकाले दिनमा ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने भएका छन्

टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सले शनिबार एउटा वक्तव्य जारी गर्दै १४ वर्षमुनिका प्रयोगकर्तालाई समयावधि तोकिएको जानकारी दिएको छ ।

साथै उक्त उमेर समूहका प्रयोगकर्ताले बिहान ६ बजेदेखि राति १० बजेको बीचमा मात्रै टिकटक चलाउन पाउनेछन् । साथै प्रयोगकर्ताले वास्तविक नाममा टिकटक आइडी बनाउनुपर्नेछ ।

कम्पनीले युवा उमेर समूहका प्रयोगकर्तालाई लक्षित गरेर विज्ञान, संग्रहालय र प्राकृतिक दृश्यसहितका सामग्रीलाई प्राथमिकता दिने पनि बताएको छ ।

कतिपय देशमा टिकटक भएका छन् । छिमेकी मुलुक भारत तथा पाकिस्तानले टिकटक बन्द गरेका छन् । पछिल्लो समय युवा तथा बालबालिका जमातले टिकटकमा अधिक समय खर्चिन थालेका छन् । टिकटक बनाउने क्रममा अप्रिय घटना घटेको समाचारहरु पनि बाहिरी रहेको छ ।नेपालमै पनि यस्ता घटना घटेका छन् ।

चीनले आफ्ना बालबालिकालाई नियन्त्रण गरिरहँदा नेपालमा पनि बालबालिकामा यस खालको नियन्त्रण आवश्यक देखिन्छ ।

  • ५ आश्विन २०७८, मंगलवार १५:२४ प्रकाशित