गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको संभावना, सतर्कता अपनाउन अग्रह

केन्द्रभाग मिडिया

पोखरा ।
हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।

जल तथा मौसम पूर्वानुमा महशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराई भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदुर पश्चिमको एक दुई स्थानमा भारि वर्षाको पनि सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी र सुदुर पश्चिमको एक दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेकोले उल्लखे गर्दै उक्त स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • ४ आश्विन २०७८, सोमबार ०६:२३ प्रकाशित