गण्डकी सहित तीन वटा प्रदेशका केही स्थानहरुमा भारी वर्षाको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ । हाल देशभर सामान्यतया सफा देखी आंशिक बदली रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ ।

प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत संभावना छ ।

  • ३ आश्विन २०७८, आईतवार ०७:११ प्रकाशित