यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।

हाल गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली र वाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा भएको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

  • २८ भाद्र २०७८, सोमबार ०९:३१ प्रकाशित