एमसीसीको प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको छः प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको दाबी गरेका छन् ।

आज  बिहान जनयुद्धका सहिद सुरेश वाग्ले ९वासु०को २२औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारीहरुले एमसीसीको प्रयोग गरेर सत्तारुढ गठबन्धन भत्काउने प्रयास गरिरहेको टिप्पणी गरेका हुन् ।

उनले देशभित्रका र बाहिरका शक्तिहरु एमसीसी लगाइदिएपछि गठबन्धन भत्किन्छ भन्ने सोचले अगि बढेको आरोप समेत लगाए ।
अध्यक्ष दाहालले भने, ‘एकथरी एमसीसी लाइदिएपछि गठबन्धन भत्किन्छ भनेर लागेका छन् । अब देशमा नयाँ आन्दोलन चाहिने देखिएको छ ।

  • २३ भाद्र २०७८, बुधबार १४:०७ प्रकाशित