एउटा बाहेक सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तराई नजिक मनसुनको न्युन चापिय रेखा रहेको छ ।

हाल देशभर सामान्य देखि पूर्णतया वदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना  छ ।

राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

  • २२ भाद्र २०७८, मंगलवार ०८:५१ प्रकाशित