कांग्रेस पोखरा महानगर सभापतिमा वास्तोलाको उम्मेद्वारी घोषण (भिडियो सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको आसन्न निर्वाचनमा पोखरा महानगरका लागि मोहन प्रसाद वास्तोलाले सभापति पदमा उठ्ने घोषण गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरि वास्तोलाले उम्मेदवारी घोषणा गरेका हुन् ।

हाल पोखरा महनगर ११ को वडाध्यक्ष रहेका वास्तोला विद्यार्थी अवस्था देखि नेपाली कांग्रेसमा रहेर राजनीति गदै आएका छन् । पार्टीको विग्रदो संगठनलाई बलियो बनाउन आफुले उम्मेदवारी घोषण गरेको वास्तोलाले बताए ।

गएको निर्वाचनले महानगरमा कांग्रेसको उपस्थिति निकै कमजोर देखाएको छ वास्तोलाले भने त्यसलाई सुधार गर्न म प्रतिवद्ध भएर लाग्ने छु । अब आउने स्थानिय तहको निर्वाचनमा कांग्रेसको उम्मेदवारले महानगर कब्जा गर्ने गरि संगठन बनाउने उनले दावी गरे ।

यस पहिले वडानम्बर ९ का अध्यक्ष समेत रहेका रामाराज लामिछाने, गंगाधर पराजुली र ज्योती हमालल उम्मेद्वारी दिने सार्वजनिक गरीसकेका छन् ।

  • २१ भाद्र २०७८, सोमबार १८:०७ प्रकाशित