कुलमान घिसिङविरुद्धको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर गरेको रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा आज उक्त रिट निवेदनको पेसी तोकिएको थियो । तर, उक्त रिट निवेदन आइतबार पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसैगरी आजै प्रधानन्याधीश जबराकै एकल इजलासमा पेशी तोकिएको नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट निवेदन पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

गत बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।

  • २० भाद्र २०७८, आईतवार १४:४८ प्रकाशित