गण्डकीमा आज पनि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश र प्रदेश एकका केही स्थानमा स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हा ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन महाशाखाले अनुरोध गरेको छ

  • १९ भाद्र २०७८, शनिबार ०८:२९ प्रकाशित