वामदेव गौतमका शर्त : संघीयता परिमार्जन

केन्द्रभाग मिडिया

काठमाडौं । तत्कालिन नेकपा विभाजन गर्ने फागुन २१ गतेको सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता अभियान चलाइरहेका वामदेव गौतम यतिबेला कता खुल्ने दोधारमा देखिएका छन् ।

एमाले उपाध्यक्ष गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृतिका कारण पार्टीमा नहरने बताएका छन् । तर यता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि २ सर्त तेस्याएका छन् । त्यो हो मदन भण्डारीले प्रतिपादन गरेको ‘बहुदलीय जनवाद’ र मार्क्सवाद–लेनिनवाद ।

एकीकृत समाजवादीले ‘बहुदलीय जनवाद’ नमान्ने बताएसँगै वामदेव यतिबेला ‘बहुदलीय जनवाद’सँगै दुई सर्तमा एकीकृत समाजवादीसँग सर्त राखेर छलफललाई तीव्रता दिइरहेका छन् । यसअघि पनि वामदेवले एकीकृत समाजवादीमा उपाध्यक्षको पद दाबी गरेका थिए । सोही बिहीबार नेता गौतमले एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा सो विषयमा समेत छलफल भएको थियो ।

त्यस लगत्तै शुक्रबार गौतमको सचिवालयले समेत दुई बाहेक वामदेवसँग अन्य कुनै सर्त नरहेको स्पष्ट पाएको छ ।
गौतमका स्वकीय सचिव दिपक टमटाले सामाजिक सञ्जालमा लेख्दै ‘बहुदलीय जनवाद’ र मार्क्सवाद–लेलिनवाद बाहेक अन्य सर्त नरहेको बताएका छन् ।

उनले भनेका छन्– ‘क।माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद(लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त क।वामदेव गौतमले राख्नु भएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ ।’

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचन हारेका वामदेव गौतमलाई राष्ट्रिय सभाको निर्वाचन गराएर निर्वाचित गरिएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग राखेर लामो समय चर्चामा रहेका वामदेवको अन्ततः राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने सपना पुरा हुन सकेन ।

नेकपा विभाजन भएपछि बृहत वाम एकता गर्न ओली र प्रचण्ड–नेपाल दुवै पक्षमा नखुलेका वामदेवले न एकता गर्न सके न आफू सुरक्षित रहन सके । यता तत्कालिन नेकपा विभाजित भइ एमाले र माओवादीमा आफ्ना क्रियाकलाप हुन थालेपछि पार्टीभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ठूलो द्वन्द चर्किरह्यो ।

नेपालले नयाँ पार्टी खोल्ने चर्चा चलिरहँदा वामदेव भने अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा समेत उपस्थित रहेका थिए । बैठकमा ओलीसँगै गौतमले एमाले एकता अभियानको जिम्मा दिन समेत आग्रह गरेका थिए ।

एकता अभियानमा असफल जस्तो देखिएपछि अहिले वामदेव संघीयता परिमार्जनको मुद्दा लिएर छलफलमा जुटेका छन् । संघीयता परिमार्जनको मुद्दा पनि सकिपछि वामदेव अभियान के हुन्छ रु त्यो हेर्न बाँकी छ ।

  • १८ भाद्र २०७८, शुक्रबार १४:४० प्रकाशित