आज पनि भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भु–भाग भन्दा केही तल रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं १, २, र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

देशको केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

  • १८ भाद्र २०७८, शुक्रबार ०७:४४ प्रकाशित