पर्यटन


आठ महिनामा सात लाखभन्दा धेरै पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । अगस्टमा विदेशी पर्यटकको आगमन आठ...

पर्यटक पर्खिरहेछ मुस्ताङको चुङसी गुफा

म्याग्दी । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको...

पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ अधिकारी

पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ अधिकारी निर्वाचित भएका छन । परिषदको २४ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट पहारीको नेतृत्वमा नया कार्यसमिति चयन भएको हो । पहारीले गाउँ पर्यटन प्रवद्र्धन (भिटोफ) बाट प्रतिनिधित्व गर्छन । महासचिवमा नेपाल पर्वचारोहण...

‘स्पा पर्यटनको अभिन्न अंग’

पोखरा  । गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर खाने कार्यक्रमको...

कास्कीमा एक वर्षमा ४४३४ मिटर पदमार्ग निर्माण

पोखरा। कास्की जिल्लामा एक वर्षका अवधिमा चार हजार चार सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको पर्यटन तथा उद्योग कार्यालयले सो पदमार्ग निर्माण गरेको हो । पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण...

बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने

बागलुङ । पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन...

भरतपुर भ्रमण वर्ष २०२४ को संकल्प पुरा भयो : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पुरा भएको बताएकी छिन । होटल व्यवसायी संघ चितवनको २८ औ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवर्धन हुने महत्वपूर्ण काम गरेको...

पर्यटन उद्योगलाई दक्ष जनशक्ति दिन सक्षम रहेको जे.एम.सी प्रमुख खड्काको दाबी

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख रमशेबहादुर खड्काले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई आवश्यक दक्ष जनशक्ति दिन सक्षम भएको बताएका छन् । क्याम्पसमा शुक्रबार आयोजित ‘नेपालको पर्यटन प्रवर्धनमा युवाहरूको भूमिका’ विषयक वक्तृत्वकला...

रेन्टरटेनमेन्टको छैटौं संस्करण शुक्रबार र शनिबार

पोखरा  । पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी 'रेन्टरटेनमेन्ट' आयोजना हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण आउँदो शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित...