खेलकुद


मौद्रिक नीतिपछिको सेयर बजार १ प्रतिशतले बढ्यो

  काठमाडौं । मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजार २९ अंक (१.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा कायम रह्यो । बजार खुलेको १ मिनेटमै ६६ अंकले नेप्से बढे पनि टिक्न सकेन । ११ः ०१ बजे नेप्से २७९७ अंकसम्म पुगेको थियो । तर बिक्री चाप...

सन्दीपको सम्मान र नयाँ प्रतिभा खोज्न स्याङ्जामा क्रिकेट रंगशाला

स्याङ्जा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रंगशाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रंगशाला...

डेभिड कप खेल्न नेपाली खेलाडी मलेसिया जाने

काठमाडौं । मलेसियामा हुने डेभिड कप टेनिसमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ । यही जुलाई १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा सहभागि हुन नेपालबाट ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । नेपाली...

एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत...

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाडौं । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा...

नेपालले जित्यो एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि

पोखरा । नेपालले एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ । सिंगापुरलाई २ विकेटले हराउँदै नेपाली टोलीले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो । अघिल्लो संस्करणमा पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो । शनिबार भएको फाइनल खेलमा...

मलेसियालाई हराउँदै नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा

नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।त्यसअघि टस हारेर पहिले ब्याटिङको...

श्रीलंका विरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । एएफसी एसियन कप महिला छनोट प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । उज्वेकिस्तानमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो । नेपालको...

पोखरामा असार २४ देखि सुरु हुने क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा । पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लबस्तरीय पुरुष...